Fast Nepal News

जनताको गुनासोप्रति काठमाडौँ महानगरपालिकाका मेयर शाह असहिष्णु

banner single news
८ माघ, काठमाडौँ- बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पुराना र ठूला पार्टीहरुको पकड तोड्दै बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी भएका थिए। देशकै संघीय राजधानी कुनै संगठन नभएका स्वतन्त्र उम्मेदवारको जितलाई ठूला दलले गर्न नसकेको विकास र कमजोर डेलिभरीको परिणामका रुपमा हेरिएको थियो ।
निर्वाचित भएलगत्तै शाहको सक्रियता देख्दा धैरेलाई नयाँ प्रतिनिधिले केही गर्छ भन्ने लागेको थियो। तर, महानगरको जिम्मेवारी सम्हालेको ८ महिनामै उनको सक्रियताको रफ्तार रोकिएको छ।
मेयरले वाचा गरेको फोहोर व्यवस्थापन, ट्राफिक नियमनदेखि पूर्वाधार निर्माणको कामले गति समात्न नसकेको अवस्था छ। ठूलो अपेक्षासहित मत दिएका मतदाताले काम भएन भन्ने गुनासोप्रति उनी असहिष्णु देखिन थालेका छन् ।
Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.