
२ माघ,कास्की-पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ । ३६ जनाको शव सनाखत भएको छ । अझै ४ जना यात्रु बेपत्ता रहेको प्रहरीले बताएको छ । अस्पतालका चिकित्सक डा. खेम अधिकारीले ३६ जनाको शव सनाखत भएको जानकारी दिएका छन् ।
सनाखत हुनेमा जहाज कमाण्ड गरेका पाइलट कमल केसीको शव पहिचान भएको छ । त्यस्तै एयरहोस्टेज सिर्जना हुङचुङको पनि शव पहिचान भएको छ । जहाजमा ६८ जना यात्रु र चालकदलका अन्य ४ सहित ७२ जना सवार थिए । कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार जहाजका ४ जना यात्रु अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । पोखराका ३ जना र काठमाडौंबाट २ जना गरि ५ जनाको पोष्टमार्टम टिम गठन गरिएको छ । उद्धार र खोजीमा जुटेको टोलीले डोरीको सहायताले झुन्डिएर खोँचसम्म पुगेर खोजी गरिरहेका छन् ।
Visited 18 times, 1 visit(s) today
