Fast Nepal News

२५ हजार ५५५ राशिको झापा सहकारी सम्मान पुरस्कार बाँस्कोटालाई

banner single news

बिर्तामोड । सहकारी अभियानका अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई झापा सहकारी सम्मान पुरस्कार प्रदान गरिएको छ । बाँस्कोटालाई झापा जिल्ला सहकारी संघले २५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।

संघको २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बाँस्कोटालाई सम्मान गरिएको थियो।

त्यस्तै, १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट उत्कृष्ट सञ्चारकर्मीमा लक्ष्मण ढकाल र पूर्वसञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।

उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशी, उत्कृष्ट बचत कारोबार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

Inside Article Ads

त्यस्तै, उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोबार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कष्ट कर्जा कारोबार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था र विराट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरियो । पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अधकिारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.