Fast Nepal News

दैलेखमा घर जलेको अवस्थामा एक जना पुरुषको शव फेला

banner single news

धना परियार/ न्युज नेपाल एचडी संवाददाता

२४ पुस, काठमाडौ-दैलेख जिल्ला भैरबी गाउँपालिका ४ रिङगाटेमा घरभित्रै जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षकका अनुसार अन्दाजी ४० वर्षीय नरेश बिक जलेको अवस्थामा फेला परेका हुन्।

 

प्रहरी निरीक्षकका अनुसार जलेको अवस्थामा फेला परेका उनले आफ्नै घरमा आगो लगाएको भनि स्थानीयले खबर गरेका थिए। शनिबार साझ साढे सात बजे उनले घरमा आगो लगाएका हुन्। नरेश बिकले घरमा आगो लगाएको खबर स्थानीयले हामीलाई जानकारी गराएका थिए , राती ११:३० मा स्थानीय बासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा ल्याईएको प्रहरी निरीक्षकले भने।

 

आफ्नै घरमा आगो लगाएर फरार भए भनिएका बिक आइतबार बिहान घरभित्रै जलेको अवस्थामा शब फेला परेको हो। के कति क्षतिपूर्ति भयो भनि अनुसन्धान गर्ने क्रममा आधा शरिर घरको छानोले पुरिएको र जलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरी निरीक्षकले बताए।

 

यस घटना बारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको टोलि खटिएको र प्रहरी टोलिले थप अनुसन्धान गरिरहेको छ।आगलागी बाट अन्नपात , लत्ताकपडा र भाडाकुडासहित तिन लाख बराबरको क्षति भएको उनले बताए।

Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.