Fast Nepal News

भरतपुर महानगरपालिकालाई चीनद्वारा स्वास्थ्य सामग्री सहयोग

banner single news

काठमाडौं, कात्तिक २१ – भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ विरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

मेडिकल प्रोटेक्टिभ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री चीनबाट प्राप्त भइरहेको जानकारी गराइन् । सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताइन् ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.