Fast Nepal News

नेपाल प्रहरीमा २ सय ६१ भान्छेसहित थुप्रै सहायक पदमा जागिर खुल्यो

banner single news

काठमाडौं, कात्तिक २१ – नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० कार्यालय सहयोगी पदका लागि दरखास्त आह्वान गरिएको छ। नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली (सिन्धुली), पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Inside Article Ads

मंसिर २ देखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सकिने छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.