
२० पुष, काठमाडौँ-बिहान परेको हुस्सु र कुहिरोले देशभरको आन्तरिक उडानलाई प्रभावित पारेको छ। हुस्सु र कुहिरोका कारण देशभरको आन्तरिक उडानमा प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
हुस्सु र कुहिरो लागेपनि बाह्य उडान भईरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाउँदै आन्तरिक उडान प्रभावित भएको बताएको छ।
जल तथा मौसम विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशमा कुहिरो र हुस्सु लाग्ने जनाएको छ। यसैगरी तराईका अंधिकाश जिल्लामा शीतलहर भएको र प्रहाडी जिल्लामा हुस्सु र कुहिरोको कारण केही दिन मौसमका कारण आन्तरिक उडानमा समस्या देखिने सम्भावना रहेको छ।
Visited 23 times, 1 visit(s) today
