Fast Nepal News

भारतीय सेनापति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी फर्कंदै

banner single news

काठमाडौं, कात्तिक २१ – नेपाल भ्रमणमा रहेका भारतीय सेनापति मनोज मुकुन्द नरवणे आज फर्कदैछन् । तीन दिवशीय नेपाल भ्रमण पूरा गरी नरवणे भारतीय सेनाको विशेष विमानबाट फर्कन लागेका हुन् ।

उनले आज रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गर्नेछन् । यो भेटलाई निकै महत्वका साथ हेरिएको छ । नरवणेले हिजो नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यान्ही लिइसकेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दज्र्यान्ही चिन्ह लिएपछि भेटवार्ता समेत गरेका छन् ।

Inside Article Ads

नरवणे आज विहान माउन्टेन फ्लाइटमा गएका थिए । उनी बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका थिए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.