Fast Nepal News

मधेस प्रदेशमा आफ्नै नेतृत्वको सरकार बन्नुपर्ने जनमत र जसपाको जोड

banner single news
१९ पुष, काठमाडौँ- स्थानीय चुनावताका उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उपस्थिति बलियो बनाउँदै केन्द्रको सत्ता समीकरणमा सहयोग गर्यो । केन्द्रमा ३ प्रत्यक्षसहित ८ सांसद जितेको जनमतसँग प्रदेशमा प्रत्यक्ष ६ सहित १३ सदस्य छन् ।
१ सय ५ सदस्यीय प्रदेशसभामा पहिलो पटकको चुनावी सहभागितामै १३ सिट जितेको जनमत यतिखेर सरकारको दाबी गरिरहेको छ । मधेसमा चौथो शक्ति बनेको जनमतसँगै १६ सिटसहितको तेस्रो शक्ति जनता समाजवादी पार्टीले पनि सरकारको दाबी छाडेको छैन ।
सबैभन्दा ठूलो दल बनेर पनि नेकपा एमाले भने सरकारको दाबी गर्नभन्दा सन्तुलन मिलाउनुपर्ने चुनौतीमा छ ।
Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.