Fast Nepal News

सामाजिक सञ्जालमा छुवाछुत गरेका गायिका मधु क्षेत्री विरूद्ध दलित मुक्ति अभियानद्वारा प्रेस विज्ञप्ति जारी

banner single news

धना परियार/ न्युज नेपाल एचडी संवाददाता

१६ पुष, काठमाडौँ- सामाजिक सञ्जालमा दलित समुदाय माथि अपशब्द बोल्ने गायिका मधु छेत्रीलाई कारबाही गर्न नेपाल दलित मुक्ति अभियानले प्रेस विज्ञप्ति जारी गरेको छ। केही दिन अगाडी सामाजिक सञ्जाल टिकटक लाईभमा सिङ्गो दलित समुदाय माथि प्रहार गरेका उनका केहि दलित समुदाय माथि निकै चोट पुगेको हो।

नेपालको संविधानले कुनै जाती, समुदाय , लिंग र पेसाका आधारमा कसैलाई पनि विभेद गरिने छैन भनिएतापनि सो कानून प्रभावकारी रूपमा लागु हुनभने सकेको छैन। सदियौं देखि उत्पीडनमा परेको दलित समुदाय अझै उस्तै पिडामा छ। समय बदलियो , नियम बदलियो , कानुन बदलियो तर दलित समुदाय माथि हुने अन्याय अत्याचार कहिले बदलिएन। बरु दलितहरु माथि नयाँ तरिकाले प्रहार भने भईरहेको छ।

Inside Article Ads

पछिल्लो समय नयाँ पुस्ताहरुमा देखिएको विभेदपूर्ण चेतले झन कहिले पनि विभेदमुक्त समाज बन्न नसकिने अवस्था देखिन्छ। जसका कारण हिजो आज भेदभावजन्य घटनाहरु घटिरहेका छन्।

Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.