Fast Nepal News

कम्बोडियाको डाईमनसिटी होटलमा आगलागी हुँदा निराकार पाण्डेको ज्यान गयो

banner single news

धना परियार/न्युज नेपाल एचडी संवाददाता

१५ पुष, काठमाडौ- थाइल्यान्डको सिमानामा स्थित कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटिको होटलमा र क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका निराकार पाण्डेले ज्यान गुमाएका छन्। निराकार थाइल्यान्ड  घुम्न भनेर कम्बोडिया पुगेका थिए। कम्बोडियामा घुम्न भनेर गएका पाण्डे ग्रान्ड डायमन्डको सिटिको होटलको १२ औं तल्लामा थिए। होटलमा आगलागी भएपछि बाहिर निस्कन कोशिस  गरेपनि उनि असफल भएका थिए।

 

आगलागी भएर होटलमै थुनिएको १ घण्टा ३० मिनेटसम्म  आगो नियन्त्रण होला भन्ने आशामा बसे। आगो नियन्त्रण हुने अवस्था नदेखेपछि उनले आफ्नो दाई निरज पाण्डे सङ्ग भिडियो कल गर्दै होटलमा आगो लागेको खबर दाइ र परिवारलाई जानकारी गराएका थिए। पाण्डेका दाईका अनुसार कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा पाएपछि उनि आफ्नो स-परिवार सहित काठमाडौ सुकेधारा स्थिति निराकार पाण्डेको परिवार भएको ठाउँमा पुगे। त्यसपछि निराकार सङ्ग भिडियो कलमा कुराकानी गर्दै उनलाई नआत्तिन र उद्वार हुने आसा देखाउदै सुरक्षित रहन भनिरह्यौ उनले भने। लगातारको कुराकानीमा निरज र उनको परिवार सहित निराकार सङ्ग नेपाली समय रातीको १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेट सम्म कुरा भयो।

 

निरजले थप्दै भने धुवाँले समस्या होला भनेर ढोकामा कपडा खाद्नु र पर्यटकिय क्षेत्र भएकाले चाडै उद्वार होला भनिरह्यौ तर भएन। निराकार भिडियो कलबाट होटलको १२ औं तला देखि तलको दृश्य देखाएका थिए। भिडियोमा हेर्दा तल एम्बुलेन्स देखिन्थ्यो प्रहरी र सर्वसाधारणको भिड थियो। उद्वार टोलि पर्खिदा पर्खिदै पुरै भवनमा आगो लाग्यो उनले भने। आगलागी भएको ४ घण्टा सम्म पनि निराकारको उद्वार हुन सकेन।

 

परिवार सङ्गको भिडियो कलमा जोडिएका निराकारलाई परिवारले सजग रहन भनिरहेका थिए सक्दो कोशिस गर्दैछु भन्दै उद्वार टोली पर्खिरहे । उद्वार हुने कुनै अवस्था नदेखेपछि निराकार निराश भएर भिडियो कलमा कुराकानी गर्न थाले। बेला बेलामा नेट नहुँदा हुनले सबैलाई सम्झना र बिशेष आफ्नो नाबालक छोरालाई दाईको जिम्मा लगाउदै छोराको हेरबिचार गर्दिनु भनि स-साना भिडियो किलिप्स  पठाउन थाले। साथै उनले छोराको लागि पठाएको भिडियो किलिप्समा यो सुन्न सकिन्छ छोरा म धेरै माया गर्छु तिमीलाई ज्ञानी हुनु। मेहनती हुनु लगायतका प्रेम र अभिभावकत्वका कुरा गरेका थिए ।
Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.