
पुष १५ काठमाडौ , बिश्व प्रख्यात फुटबलर पेलेको निधन भएको छ। गए राती ब्राजिलको साओपाउन्डमा रहेको अर्भट आइस्टाइनको अस्पतालमा उनको निधन भएको हो। मृगौला र प्रोस्ट्याटको समस्याले ग्रसित उनि पछिल्लो समय क्यान्सर सङ्ग लडिरहेका थिए। उनका अधिकांश अङ्ग फेल भएकाले उनको उपचारको क्रममा निधन भएको अस्पतालले उल्लेख गरेको छ। फुटबलर पेलेकी कान्छी छोरी केली नसिमेन्टोलले सामाजिक संजालमा तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन्।
“हामी जे छौँ तपाईको कारण छौँ र तपाईलाई असीम माया गर्दछौं र गरिरहने छौँ सान्तिमा आराम गर्नुहोस” पेलेको नियमित परिक्षणका क्रममा पेटमा ट्युमर देखिएपछि उनले सन 2021 को सेप्टेम्बरमा सावपालको अलभर्ट आइस्टानको अस्पतालमा सल्यक्रिया गरेका थिए। सो सल्यक्रिया पछि थप बिरामी भएका पेलेमा क्यान्सर देखिएको थियो र 2022 नोमेम्बर अन्त्यमा उनलाई पुन अस्पताल भर्ना गरिएको थियो। पेलेका पुर्व क्रल सान्तसेले उनको अन्त्यसटिकोलागि स्थानीय समय अनुसार आगामी सोमबार मात्रै उनको प्राथवीक शरीरलाई अस्पताल बाट बाहिर निकाल्ने उल्लेख गरेका छन। महान फुटबलर पेलेले १७ वर्षको उमेर बाटै फुटबलमा पाइला राखेका उनले २१ वर्षको उमेरमा १,३७३ खेलमा विश्वकृतिमान र १,२८१ गोल गरेका हुन।
ब्राजिलका लागि ८२ क्याप जितेका उनले ७७ गोल गरेका हुन। १९५८ , १९६२ र १९६० गरि तिन पटक बिश्वकप जित्ने उनि एक मात्र खेलाडी हुन पेले। सन २००० मा फिफाको पेलेयर अफ द सेन्चुरी घोषित भएका थिए। ब्राजिलियन फुटबलर कन्स्फ्रेटेडियनले गहिरो समवेदना व्यक्त गर्दै पेलेलाई राजाको उपनाम दिएको छ र राजाले हामीलाई नयाँ ब्राजिल दिएर जानुभएको छ र हामी उहाँको बिरासतको लागि सधै आभारी प्रकट गर्नुभएको छ।
Visited 14 times, 1 visit(s) today
