Fast Nepal News

दोश्रो संस्करणको ‘लिटिल स्टार काभ्रे, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

banner single news

काठमाडौँ — पुस १३, २०७९।  

दोश्रो संस्करणको ‘लिटिल स्टार काभ्रे’  को अन्तिम स्पर्धा सम्पन्न भएको छ। ईनोभेसन ईभेन्ट मेनेजमेन्टद्वारा आयोजित उक्त ‘लिटिल स्टार काभ्रे, २०२२’ प्रतियोगितामा ‘ग्रुप ए’ र ‘ग्रुप बी’ गरी दुई समूहका मुख्य बिजेता घोषित भए । ‘ग्रुप ए’तर्फ ग्रेसल्यान्ड स्कूलकी एरी राना मगर र ‘ग्रुप बी’ तर्फ विद्यासागर इंलिस स्कूलकी आर्या मानन्धरले प्रतियोगिताको शिर्ष उपाधी हात पारे। बिजेताले प्रतियोगिताको शिर्ष ताजसंगै आयोजकको तर्फबाट नगद पुरस्कार र अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। 

प्रतियोगिताको ‘‘ग्रुप ए’तर्फ पार्थवी परियार फर्स्ट रनर अप, श्रीजु अर्याल सेकेन्ड रनर अप, शायना बादे थर्ड रनर अप र प्राश्ना घिमिरे फोर्थ रनर अप घोषित भए। यस्तै ‘ग्रुप बी’तर्फ सुबाष्मा श्रेष्ठ फर्स्ट रनर अप, प्रेमिसा सिग्देल सेकेन्ड रनर अप, दिव्यांशु खड्का थर्ड रनर अप, खुसी बैद्य फोर्थ रनर अप र श्रीषा जोशी फिफ्थ रनर अप घोषित भए भने विधागततर्फ आदर्श पोखरेलले लिटिल प्रिन्स र आयुषा सापकोटाले लिटिल प्रिन्सेसको अवार्ड आफ्नो हातमा पार्न सफल भए। 

Inside Article Ads

रोजिन शाक्य र रुबेश्का श्रेष्ठले संचालन गरेको उक्त अन्तिम स्पर्धाको निर्णायकमा रुश्का श्रेष्ठ, गिता पुरी, दिपक घिमिरे, धिरज तण्दुकार, आर्शु महर्जन, रोहन श्रेष्ठ र युश्मा मगर रहेका थिए। 

बालाबालिकाहरुको अन्तर्निहित प्रतिभालाई परिपक्व बनाउन अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढाउदै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ईनोभेसन ईभेन्ट मेनेजमेन्टले विगत लामो समयदेखि  राजधानीलगायत मोफसलका धेरै स्थानहरुमा बालबालिका केन्द्रीत सौन्दर्य तथा प्रतिभा प्रस्फुटन प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका अध्यक्ष महेश केसीले जनाए ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.