
१३ पुष, काठमाडौँ-रत्नराज्यलक्ष्मी क्याम्पसमा नेकपा एमालेका भातृ संगठनका अनेरास्ववियुको आफ्नै संगठनको व्यक्तिहरुबिच विवाद हुँदा विवादले उग्र रूप लिएको थियो। विवादले उग्र रुप लिएपछि खुकुरी प्रहार हो। झडपमा अनेरास्ववियु आर.आर क्याम्पस अध्यक्ष मदन भण्डारी उपाध्यक्ष लोकेश खड्का घाइते भएका छन् ।
खु
कुरी प्रहारपछि घाईते भएका विद्यार्थीहरुको उपचारका मोडल अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार भएपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गिरी, जलप तामाङ, द्रुतराज लामा र सविन निरौला रहेका छन्।
