
१२ पुष, काठमाडौँ- फिल्म हल सञ्चालनका लागि तोकिएको राति ११ बजेसम्मको समय सीमा हटाएको छ । हलले राति ११ बजेपछि पनि फिल्म प्रदर्शन गर्न पाउने भएका छन् ।
सोमबार बसेको चलचित्र विकास बोर्डको बैठकले हल सञ्चालकले सुरक्षाको आवश्यक व्यवस्था गरेर राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न सक्ने निर्णय गरेको हो । ‘उक्त समयमा फिल्म प्रदर्शन गर्नुपरे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको वक्तव्यमा उल्लेख गरिएको छ।
