
डायमण्ड जाेशी
८ पौष, सुर्खेत।
सुर्खेतको पन्चपुरी नगरपालिका ९ विद्यापुर देखी बिरेन्द्रनगर तर्फ जाँदै गरेको माइक्रो बस आज बिहान पन्चपुरी २ को श्रीचौर नजिक दुर्घटना भएको छ।कर्णाली प्रदेश ०२-००१ ख ०१६१ यात्रुबाहक गाडी दुर्घटना हुँदा सहचालक सहित १० जना गम्भीर घाइते भएका छन्।
घाइते १० जना मध्य ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्र पलैटेमा उपचार भैरहेको छ भने ३ जनालाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ। थप घटना बारे बाँकी अनुसन्धान भैरहेको पन्चपुरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष
यामबहादुर बि सिले जानकारी दिए।
घाइतेहुने हरु
जनकदेव गिरि ,हिमा सलामी मगर ,बसन्ती धमाला,धनिराम रेग्मी (सह चालक )पुजा शाही ,प्रेमिका बिष्ट ,मुना पुरी ,नन्दा शाही ,टोप बहादुर घर्ती र प्रेमीका बोगटी रहेका छन ।
