Fast Nepal News

स्वयम्भू क्षेत्रमा रहेको अजिमा मन्दिरको विशेषता

banner single news

 

७ पुष, काठमाडौँ- काठमाडौँ-विश्व बौद्ध धर्मावलम्बीहरूको आस्था र धर्मको केन्द्र स्वयम्भू मन्दिरकोआसपास क्षेत्रमा अजिमा मन्दिर रहेको छ। यस मन्दिरको छुट्टै आफ्नै धार्मिक र संस्कृतिक विश्वास रहिआएको छ।

 

बालबच्चाको रक्षा गर्ने देवीको रुपमा अजिमालाई लिन सकिन्छ। काठमाडौंका अधिकांश नेवार समुदायहरु आफ्ना बालबच्चाको रक्षा होस् भन्ने उद्देश्यले अजिमाको पूजा आराधना गर्न यस मन्दिरमा पुग्दछन्। स्वयम्भू संरक्षण समितिका अध्यक्ष एवं समाजसेवी अमर बज्राचार्यका अनुसार बालबालिकाको रक्षा होस् भन्ने उद्देश्यले नेवार समुदायका अधिकांश व्यक्तिहरु अजिमाको छोराछोरीसँग मित लगाउने प्रचलन छ। अजिमाको छोराछोरीसँग मित लगाएर अजिमाको पूजा गरेमा बालबालिका रोग भयबाट मुक्त हुने धार्मिक जनविश्वास रहिआएको छ।

Inside Article Ads

नेवार समुदायका ज्येष्ठ नागरिकहरू विगतमा आफ्ना पुर्खाले अजिमाको बारेमा बताएको तर्क व्यक्त गर्नुहुन्छ। विगतका समयमा अजिमा नामको राक्षसले काठमाडौंका अधिकांश बच्चाहरु चोरेर खाने गर्दथे। यसरी बच्चाहरु चोरेर धेरै अभिभावकहरुलाई दुःख दिएका थिए। बुद्ध भगवानले अजिमा ले सबैको बच्चालाई चोरेर हैरान गरेको दृश्य लाई देख्नुभयो। त्यसपछि बुद्ध भगवानले अजिमाको बच्चालाई आफ्नो हत्केलामा लुकाइ दिनुभयो। आफ्नो सन्तानको मायाले अजिमा ले आफ्नो हराएका बच्चा खोजे। त्यै पनि आफ्ना बच्चा कतै नपाएकालेअजिमा हैरान भएँ। त्यसपछि बुद्ध भगवानले अजिमालाई यसो भने सबैलाई आफ्नो बच्चाको माया हुन्छ। तर तिमीले आफ्नो बच्चा नपाउँदा जस्तो दुःख हुन्छ। अरुलाई पनि यस्तै दुःख हुन्छ।

तिम्रो बच्चा मसँग छ भन्दै अन्त्यमा कसैको बच्चा चोर्ने काम नगर भनी सम्झाउदै बाचा कसम गर्न लगाए। त्यसपछि अजिमा ले कसैको बच्चा लाई दुख नदिने अठोट गरे। बाल बच्चाहरूको रक्षा गर्छु भनेर बुद्धको अगाडि प्रतिज्ञा पनि गरे। यसपछि अजिमा त्यहीँबाट सिद्ध भएको किम्वदन्तिमा उल्लेख गरिएको छ। यसैगरी अधिकांश नेवार समुदायका व्यक्तिहरु बालबच्चाको रक्षाकाे लागि अजिमा को पूजा आराधना गर्नका लागि यस स्थानमा आउँछन्। त्यसैले यस स्थान धार्मिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण छ।

Visited 75 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.