Fast Nepal News

कसको नेतृत्वमा कसको सरकार भन्ने अन्यौल: ओली

banner single news

५ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसको नेतृत्वमा र कसको सरकार भन्ने अन्यौल रहेको बताएका छन् ।

सदस्यहरुलाई बधाई दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले गठबन्धनले मात्र सरकार गठन गर्न नसक्ने अवस्था रहेको बताए ।

हिजो चार वटा रहेको राष्ट्रिय पार्टीको संख्या अहिले ७ पुगेको भन्दै उनले भने, ‘परिणाम के. भइरहेको छ भने सरकार गठनबारे बोल्नसक्ने अवस्था पनि कसैको छैन ।’

Inside Article Ads

उनले अघि भने, ‘कस्तो सरकार बन्छ ? कसको नेतृत्वमा बन्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।’

अहिलेको गठबन्धन कुनै उद्देश्यमा होइन, स्वार्थ, लेनदेन र सेटिङमा रहेको भन्दै उनले भने, यस्ता हिसाबले सरकार गठन गर्ने कुरामा एमाले असहमत छ ।’

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.