
४ पुष, काठमाडौँ-धेरै व्यक्तिहरुले प्रदेश हटाउनुपर्ने र स्थानीय र केन्द्र सरकारको भूमिकामा राज्य सञ्चालन हुनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएको छ। यस विषयमा व्यक्त भएको धारणाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरेल चाहे एकात्मक राज्य होस् चाहे संघात्मक राज्य नै किन नहोस् त्यहाँ तीनै तहको सरकारले मुलुक सञ्चालनमा प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
बेलायत जस्तो एकात्मक राज्य भएको देशमा स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकार रहेको बताउनुहुँदै केन्द्रीय सरकार र स्थानीय सरकारको भूमिकालाई मध्यस्थता गरी सहज वातावरण निर्माण गर्न प्रदेश सरकारको औचित्य रहेको उहाँले बताउनुभयो। प्रदेश बिना राज्य र शासन सञ्चालन नहुने समेत उहाँको धारणा छ।
