
४ पुष, काठमाडौँ -राष्ट्रिय निर्वाचन आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री,सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरु र उच्च विशिष्ट व्यक्तित्वहरूले सहभागिता जनाएका छन् । निर्वाचन आयोगको आग्रहलाई सहर्ष स्वीकार गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा जलपान कार्यक्रममा सहभागी हुनुभएको छ।
राजनीतिक दलका नेताहरु,उच्च विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ।
