
४ पुस, काठमाडौं ।नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुरले देउवाले गर्नुभएको छ। नेपाल नगरपालिकाको ८ औं अधिवेशनको उद्घाटन गर्दै देउवाले नगरहरुलाई मौलिकता जोगाउँदै व्यवस्थित शहर र आर्थिक कारोबारको केन्द्र बनाउन आग्रह गर्नुभएको छ।
नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै दिगो र वातावरणमैत्री बनाउनुपर्ने र काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्ने प्रधानमन्त्री देउवाले नेपाल नगरपालिकाको ८ औं अधिवेशनमा मन्तव्य व्यक्त गर्नुभयो। सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्नसमेत प्रधानमन्त्री देउवाले सुझाव दिनुभयो।
