
४ पुष, काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आज जलपान कार्यक्रमको आयोजना गरेको छ।
दिउँसो साढे १ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई जलपान कार्यक्रममा निमन्त्रणा गरेको छ। निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न भएकोप्रति निर्वाचन आयोगले सबैलाई धन्यवाद दिँदै जलपान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय निर्वाचन आयोगको भनाई छ।
