Fast Nepal News

काठमाडौं उपत्यकाबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२१ जनालाई कारबाही, १९ जना मापसेमा

banner single news

काठमाडौं, कार्तिक २० – कोरोना महामारी सुरू भएपछि सवारी चालकले मादकपदार्थ सेवन (मापसे) गरे/नगरेको जाँच गर्न छोडेको ट्राफिक प्रहरीले यस साताबाट मापसे जाँचमा कडाइ गरेको छ।

बुधबारमात्र काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने १९ जनालाई कारबाही गरेको छ। गत सोमबार यस्तो कारबाहीमा पर्ने सवारी चालकको संख्या ११ रहेको थियो।

Inside Article Ads

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकाबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२१ जनालाई कारबाही गरिएको थियो।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.