Fast Nepal News

स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री शेरबहादुर देउवा

banner single news
२ पुष, ललितपुर संवाददाता-आज ललितपुर महानगरपालिकाले १०४ औ स्थापना दिवस मनाएको छ। १०४ औं स्थानीय दिवस मनाउँदै गर्दा कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको छ।
ललितपुर महानगरपालिकाले सम्पदा संरक्षणमा अविस्मरणीय काम गरेको भन्दै प्रधानमन्त्रीले ललितपुर नगरवासीको ईच्छा अनुसार काम गर्न सबैलाई आग्रह गर्नुभयो।
Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.