
१ पुष, काठमाडौँ -निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिसकेको छ। निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ।
संघीय संसदको सचिवालयले पनि सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ। सर्वदलीय बैठक बोलाएर सांसदमध्ये उमेरले ज्येष्ठ सदस्यको नाम तय गरी राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका महासचिवले भरतराज गौत्तमले राजनीतिक दललाई निर्वाचनको सम्पूर्ण प्रक्रिया सकेपछि सर्वदलीय बैठक बोलाउने तयारी गर्ने निर्णय गर्नुभएको हो।
Visited 18 times, 1 visit(s) today
