Fast Nepal News

८ हजार ३ सय ८८ जना जवान सशस्त्र प्रहरी जवानको सरुवा

banner single news
२८ मंसिर, काठमाडौँ- एकै पटक ८ हजार ३ सय ८८ सशस्त्र प्रहरी जवानको सरुवा गरेको छ । जवानले राजेको प्राथमिकता अनुसार तीन वटा युनिटमध्ये एकमा सरुवा गराइएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ । जवान सशस्त्र प्रहरीको चाहना अनुसार घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।
विगतदेखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै दम्पत्तिलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको ईच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक भएको सशस्त्र प्रहरी बलको दाबी छ । यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास सशस्त्र प्रहरी मुख्यालयले लिएको  छ ।
Inside Article Ads
Visited 67 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.