Fast Nepal News

‘बाईस धाराभित्र सडकबासीहरूलाई आश्रय नदिन स्थानीय सरकारलाई प्रगतिशील नागरिक मञ्चको आग्रह’

banner single news
२८ मंसीर/काठमाडौँ-काठमाडौँ महानगरपालिकाले यही मंसीर २९ गते आइतबार महानगरदिवसको अवसर पारेर सडकबाट उद्धार गरिएकाहरूका लागि ‘अस्थायी आवास केन्द्र’ बालाजुमा राख्नेगरि ‘मानवमुक्त सडक अभियान’ औपचारिक रूपमा घोषणा गर्ने निर्णयको प्रगतिशील नागरिक मञ्चले असहमति जनाएको छ। विरोध जनाउँदै काठमाडौँ १६ नम्बरका अध्यक्ष मुकुन्द रिजाललाई ज्ञापनपत्र काठमाडौँ महानगरपालिकाले ज्ञापनपत्र बुझाएको छ। ‘वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिहरुको संरक्षण गरिनुपर्छ भन्नेमा प्रगतिशील नागरिक मञ्च सहमत भएको तर, हालै स्क्रिनिङ सेन्टरको लागि बालाजुस्थित बाईस धाराभित्र रहेको स्वीमिङ्ग पुलको भवनलाई उपयोग गरेर उनीहरूको अल्पकालीन आवासको व्यवस्था गरिने योजनाप्रति हाम्रो बिमती रहेको छ प्रगतिशील मञ्चका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठको भनाई छ।
‘ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्वको बालाजु बाइसधाराभित्र आवास बनाउनु कदापि शोभनीय नभएको प्रगतिशील मञ्चका कोषाध्यक्ष बिकासबाबु श्रेष्ठको भनाई छ।यही विषयमा समस्त स्थानीयको तर्फबाट यथाशीघ्र वैकल्पिक आवासको व्यवस्था गर्न महानगरपालिका प्रशासनलाई अनुरोध गर्दै काठमाडौँ वडा नंम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाललाई ज्ञापनपत्र बुझाएको उहाँले बताउनुभयो। यसको विकल्पमा काठमाडौं शहर बाहिर व्यवस्था नगरे आफूहरू बाध्य भएर आन्दोलनमा जाने मञ्च लगायत स्थानीय संघसंस्थाका नेतृत्वहरूले चेतावनी दिएका छन् । ‘बाईसधाराभित्र सडकबासीहरूलाई आश्रय दिए सरकार नाङ्गिने’ मञ्च सहित स्थानीय बासिन्दाहरूले चेतावनी दिएका छन् ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.