
२८ मंसिर, काठमाडौँ -राष्ट्रिय निर्वाचन आयोगले भोली राष्ट्रपति समक्ष निर्वाचनको मतपरिणाम पेश गर्ने भएको छ।
राष्ट्रिय निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको राष्ट्रिय निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले बताउनुहुँदै भोली निर्वाचन मतपरिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने जानकारी दिनुभयो।
Visited 4 times, 1 visit(s) today
