
२८ मंसिर,काठमाडौँ- गएको शनिबार लमजुङ र गोरखाको सीमा चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे–ए जलविद्युत आयोजनास्थलको तोडफोड त्यहाँका प्रभावित स्थानीयहरूले गरेका समाचारले सबैको ध्यान केन्द्रित गरेको थियो। लमजुङको वृहत सिंचाइ आयोजना राइनासटार सिंचाइ आयोजनाको मुहान नै प्रभावित पर्ने गरि आयोजनास्थलमा तोडफोड र आगजनीसमेत भएको र आयोजनास्थल क्षतिग्रस्त अवस्थामा रहेको खवर प्राप्त भएको थियो।

सिचाईलाई नै प्रभावित पार्नेगरी राइनासटार सिचाई योजनाको मुहानबाट करिव २०० मिटर पानी झर्ने गरी विधृत निर्माण गृह बन्दा यसले राइनास नगरपालिका वडा नंम्बर १ देखि ७ वडा सम्म ८५० हेक्टर सिचाई हुदै आएको जमिनलाई अवरोध पुर्याएको भन्दै राइनास नगरपालिकामा सर्वदलीय बैठकले चम्पावती हाइड्रोपावर आयोजनाको विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ। चम्पावती हाइड्रोपावर आयोजनाले लमजुङको गौरवको रुपमा ३५ वर्षदेखि सञ्चालनमा रहेको राइनासटार सिचाई आयोजनालाई प्रभावित पारेको विषयमा शान्तिपूर्ण वार्ताको लागि भेला गर्ने आह्वान गर्दा हाइड्रोपावर सञ्चालकले जनसमुदायलाई उत्तेजित गर्ने काम गर्दा सामान्य घटना घटेको र सञ्चालकहरुले नियोजित रुपमा तोडफोड र आगजनी गरी उपभोक्तालाई दोष लगाउने काम गरेकोमा राइसनटारका सबै दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यसबाट आईपर्ने कुनै अप्रिय घटना घटेमा हाइड्रोपावरका संचालक र प्रर्वतकहरु जिम्मेवारी हुने विषयलाई उल्लेख गरिएको छ।
सर्वदलीय बैठकले सयुंक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस राईनासटार नगर कमिटी सभापति कृष्ण पौडेल, नेकपा एमाले राईनासटार नगर कमिटी सचिव बलराम घिमिरे,राईनासटार नगर कमिटी नेकपा माओवादी केन्द्रका इन्चार्ज चन्द्रकान्त न्यौपाने, नेकपा एकिकृत समाजवादी राईनासटार नगर कमिटी सचिव गजेन्द्र राज घिमिरे,राईनासटार नगर कमिटी रा.प्र.प्राका सभापति नर बहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको छ।
Visited 23 times, 1 visit(s) today
