Fast Nepal News

स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुको माग

त्रिभुवन विश्वविद्यालयले हरेक २ वर्षमा फागुनमा स्ववियु चुनाव गर्दै आएको थियो । तर १४ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन ।

banner single news

२७ मंसिर, काठमाडौं ।
मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको छ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको हाे ।
। ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् ।विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको पनि अनेरास्ववियुले बताएको छ ।‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका निरन्तरको तालाबन्दी र प्रँध्यापकमाथिको सांघातिक आक्रमणले थप पुष्टि गरेका छन्’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ ।उपकुलपति बाँस्कोटाले यस वर्ष स्ववियुको चुनाव हुने भन्दै तयारीमा लाग्न आग्रह गरेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मदन विष्टले जानकारी दिए

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.