
२५ मंसिर, काठमाडौँ- वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले रेशम चौधरीलगायत कैद भुक्तान गरिरहेका विद्रोहीहरुलाई छुट्टाउँन ल्याउन लागेको अध्यादेश ल्याउनु संविधानमाथिको अक्षम्य प्रहार भएको बताउनुभएको छ। सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले आफ्नो भनाई प्रस्तुत गर्नुहुदै ‘संविधानलाई निर्मम प्रहार गरेर सत्ताको बाटो खोल्ने , ल्याम डक भएको सरकारले अध्यादेश जारी गर्ने ,विचाराधिन मुद्दा फिर्ता लिन नमिल्ने दर्जनौ नजिर कुल्चने ? लाज पनि लजायो कता हुनुहुन्छ शेखर कोइराला र मित्रहरु गगन ,विश्व चन्द्र प्रदिप हरु ? संविधान माथिको प्रहार अक्षम्य हुने बताउनुभएको छ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन माग पूरा गर्नुपर्ने शर्त अघि सारेपछि मन्त्रीपरिषदको बैठकले सरकारमा सहभागी गराउन कैद भुक्तान गरेका कैदीलाई छुट्टाउन अध्यादेश ल्याउने निर्णय गरेको हो।सो समाचार बाहिर आएपछि सरकारको चौतर्फी आलोचना भएको छ।
Visited 15 times, 1 visit(s) today
