
२५ मंसिर, काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्का र उनका टर्किस समकक्षी मेवलट काभुसोग्लुबीच शुक्रबार अपरान्ह टेलिफोन संवादमा राजदूतावास खोल्ने सहमति भएपछि युरोपेली मुलुक टर्कीले काठमाडौँमा राजदूतावास खोल्ने भएको छ। समकक्षीहरूबीच द्विपक्षीय हित र सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको र सोही क्रममा गणतन्त्र टर्कीले नेपालमा दूतावास खोल्ने सहमति समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हाल भारतको राजधानी दिल्लीमा रहेको आफ्नो दूतावासबाट टर्कीले नेपालमा समेत काम गरिरहेको थियो ।तर काठमाडौँमा राजदूतावास खोलेपछि भारत र नेपालको राजदूतावासबाट छुट्टाछुट्टै काम हुने भएको छ।
Visited 9 times, 1 visit(s) today
