Fast Nepal News

अदुवा कम मूल्यमा बिक्री गर्न अदुवा कृषकहरु बाध्य

banner single news
२५ मंसिर,काठमाडौँ-बजारमा अदुवाले उचित मूल्य प्राप्त गर्न सकेको छैन। अदुवा धार्नीको २०० देखि २५० रूपैयाँ सम्म बिक्री गरेका अदुवा कृषकले अदुवाको उचित मूल्य नपाउँदा कम मूल्यमा अदुवा बेच्न बाध्य भएको बताएका छन्।
बिउबिजन मंहगो मूल्यमा खरिद गर्नुपर्ने र अदुवा बिक्री गर्दा लगानी पनि नउठने अदुवा कृषक तुलबहादुर रानाले बताउनुभयो। विगतको वर्षहरूमा पनि अदुवाले बजार नपाउँदा कम मूल्यमा अदुवा बिक्री गर्न बाध्य भएको र अहिले पनि अदुवाले उचित रुपमा बजार नपाउँदा अदुवा सस्तोमा बेच्न बाध्य भएको किसानहरुको गुनासो छ।
किसानहरुको गुनासोलाई सम्बोधन गरी अदुवाको उचित मूल्य निर्धारण गरी अदुवालाई नेपाली बजारमा ल्याउन सरकार र सम्बन्धित निकायले ध्यान नदिएको देखिन्छ। त्यसैले अदुवा किसानहरूको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यान दिनु अति नै आवश्यक देखिन्छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.