Fast Nepal News

विराटनगरको न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

banner single news

विराटनगर,१८ कात्तिक । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।

विराटनगर( ११ का ४९ वर्षीय पुरुष र धरान(१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो ।

Inside Article Ads

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।१४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.