
२४ मंसिर, काठमाडौँ – आज लमजुङ र गोरखाको सीमा चेपे खोलामा निर्माणाधीन ७ मेगावाटको चेपे–ए जलविद्युत आयोजनास्थलको तोडफोड त्यहाँका प्रभावित स्थानीयहरूले गरेका छन्।
लमजुङको वृहत सिंचाइ आयोजना राइनासटार सिंचाइ आयोजनाको मुहान नै प्रभावित पर्ने गरि आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले हाइड्रो तोडफोड गरेको हो। आयोजनास्थलमा तोडफोड र आगजनीसमेत भएको छ।आयोजनास्थल क्षतिग्रस्त अवस्थामा रहेको छ। आयोजनास्थल तोडफोड भएको घटनाको विस्तृत विवरण भने आउन नै बाँकी छ ।
Visited 14 times, 1 visit(s) today
