
२४ मंसिर, काठमाडौँ -काठमाडौँ क्षेत्र नंम्बर ६ का लौरो उम्मेदवार मुकुन्द सिलवालले निर्वाचन खर्च विवरण पेश गर्नुभएको छ।यही मंसिर २० गते निर्वाचन खर्च पेश गर्दै जम्मा २८,०५० मात्र खर्च भएको बताउनुभएको छ। फेसबुकमा स्टाटस लेख्दै उहाँले पेस गरेको निर्वाचन आयोगमा पेश निर्वाचन खर्चबारे थप जानकारी पढ्नुहोस्।

मेरो निर्वाचन खर्च रू. २८,०५० (प्रकाशन तथा प्रसारणका लागि) हालै सम्पन्न संघीय निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २८,०५० रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु। निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्च गर्नु भनेको जनताको जन-धनको क्षति हुनु हो।
लोकतन्त्रको राम्रो अभ्यास गरियो।
मुकुन्द सिल्वाल प्रतिनिधिसभा सदस्य उम्मेदवार, काठमाडौँ क्षेत्र न.६ मिति: २०- मंसिर- २०७९
Visited 6 times, 1 visit(s) today
