
२४ मंसिर, काठमाडौँ बालाजु बाइसधारा पार्क क्षेत्रभित्र रहेको शौचालयमा सरसफाईको कमी देखिएको छ। प्रत्येक दिन वनभोज लगायतका कार्यक्रम लिएर आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने यस स्थानमा रहेको शौचालय भने दुर्गन्धित छ। वनभोज कार्यक्रम र घुमघाम गर्न आउँदा शौचालयमा भएको दुर्गन्ध र फोहोरको कारण शौचालयमा आउने व्यक्तिहरुले मुखमा माक्स लगाएर शौचालय गर्न बाध्य छन्।
बाइसधारा प्रवेश गराउदै गर्दा २५,३० रूपैयाँ शुल्क लिएर प्रवेश गराउने बाइसधारा कार्यालयले शौचालयलाई व्यस्थापन गर्न नसक्दा पुरुष र महिला शौचालय फोहोर भएको छ। बाइसधारा पार्क क्षेत्रभित्र रहेको शौचालय व्यबस्थापन र सरसफाईमा सम्बन्धित निकायले ध्यान दिनु अति नै आवश्यक देखिन्छ।
बालाजु बाइसधारा पार्क भित्र रहेको अव्यवस्थित शौचालयको फोटोहरु।





Visited 37 times, 1 visit(s) today
