Fast Nepal News

सोफा हब काठमाडौ द्वारा वनभोज तथा लक्की ड्र’को नतिजा घोषणा उत्कृष्ट चार कर्मचारी पुरस्कृत

banner single news

मंसिर २३,काठमाडौ। सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत सात वर्ष देखि सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार ‘दशैं तिहार बम्पर लक्की ड्र’को विजेता घोषणा गरेको छ ।

सोफा हबले शुक्रबार बालाजु बाइसधाराको पिकनिक स्पटमा वनभोज तथा दशैं तिहार बम्पर लक्की ड्र’को नतिजा घोषणा उत्कृष्ट सेवा दिने आफ्ना ४ जना कर्मचारीलाई सम्मानका साथै पुरस्कृत गरेको छ ।

हबले यस बर्षको सर्वोत्कृष्ट कर्मचारी रुपमा अनिल शाहलाई १ लाख उत्कृष्ट कर्मचारी तर्फबाट शंकर तिवारी ,अनिल मगर ,बिष्णु आले मगरलाई जनही दश हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।

सोफा हबले दशैं तिहार बम्पर लक्की ड्र’बाट १० जना विजेतालाई इलेक्ट्रोनिक जग,४ जना विजेतालाई सोफा सेट र एक जना विजेतालाई स्मार्ट टिभी विजेता नाम घोषणा गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेलले व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा कम्पनीलाई अग्र स्थानमा पुर्‍याउन कर्मचारीहरूको उत्तिकै भूमिका रहेको हुँदा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न प्रयास गर्नुपर्ने बताउनुभयो ।

कस्तो कम्पनी हो सोफा हव काठमाडौं ?

Inside Article Ads

७ वर्षदेखि बर्ष सोफामा राज गरिरहेको सोफा हव काठमाडौं समस्त ग्राहक बर्गले गर्नु भएको भरोसा, सन्तोषजनक व्यवहारबाट प्रभावित भएर अघि बढ्ने प्रेरणा प्राप्त गरेको छ । काठमाडौंमा ३ ठाउँबाट क्रमशः वनस्थली,लोलाङ, लैनचौर र चितवनको लंकुमा यसको सहायक शाखा निर्माण गरी दिनहुं सयौंको संख्यामा सोफा उत्पादन तथा बिक्री गरिरहेको छ ।

१५० जना भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोगारी सृजना तथा पाईरहेका छन् । युवा उद्यमशीलहरुद्धारा सञ्चालित यस कम्पनी तथा व्यवसायबाट उत्पादित सोफा तथा फर्निचर चाहिएमा छुटसहित लिने व्यवस्था गरेको छ ।
को हुन् प्रवन्ध निर्देशक धरेल ?

कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेल धादिङको साविक ज्यामरुङ ५ हाल निलकण्ठ नगरपालिका– १० मा पिता यदु प्रसाद धरेल र माता धन कुमारी धरेलको कोखबाट २०४३ साल साउन १ गते जन्मनुभएका धरेलको सामाजिक क्षेत्रमा व्याप्त गलत प्रवृत्तिका विरुद्ध संघर्ष एवम् सत्यको पक्षमा अडिग भई बोल्ने निडर र सरल स्वभाव छ ।

सामाजिक क्षेत्रमा सक्रिय हुँदै गर्दा राजनीतिक यात्रा सुरु गर्नुभएका धरेलले जिल्लाको कुमारी देवी माध्यमिक विद्यालय हुँदै पब्लिक युथ क्याम्पसबाट व्यवसाय व्यवस्थापनमा स्नातकसम्म अध्ययन गरेका छन् । सामान्य र सरल स्वभावका ३५ वर्षका जोशीला युवा धरेल विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् ।
तारालाल धरेल पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, सहकारी अभियन्ता समेत हुन् । लामो समय पर्यटन प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका धरेल विभिन्न संघसंस्थामा आवद्ध छन् । निष्ठा, सामाजिक हित र सेवा भावमा केन्द्रीत धरेलले आफूू व्यवसायमै समर्पित हुने प्रतिबद्धता गरेका छन ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.