
१.
चिनेका बिष्ट
भएनन् इष्ट
रहेछन् दुष्ट !
२.
सत्ताको होड
हेर्नको मज्जा
हारेमा तोड !
३.
समय गति
चिनेर अति
सुधार मति !
४.
जनता जागे
भ्रमको खेती
सबैले त्यागे !
५.
युवाको शक्ति
नफाल धेरै
गरेर भक्ति !
६.
नगर झेल
सेवाका लागि
देखाउ मेल
७.
भइ अछुतो
न्याउरी मारी
होला पछुतो !
८.
लाज र घिन
छुट्याइ हेरे
सुध्रिन्छ दिन !
९.
बनेमा गोटी
हुनेछ तिम्रो
धोती न टोपी
१०.
देशको माटो
छोएर हेर
देखिन्छ बाटो
~~~~~
(साहित्य विधामा सक्रिय सर्जक, छेस्का साहित्य नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।)
