
२२ मंसिर, काठमाडौँ-नेपाल वादोरीयो कराते डो संघको दोश्रो अधिबेशन समारोह सम्पन्न भएको छ।नेपाल वादोरीयो कराते डो संघको दोश्रो अधिबेशन कार्यक्रममा खेलकुद क्षेत्रमा योगदान गर्नुहुने व्यक्तिहरूको सहभागिता रहेको छ। अधिवेशनमा काठमाडौँ खेलकुद संघका अध्यक्ष – गणेश लाल कक्षपतिले प्रमुख अतिथिको रुपमा आसन ग्रहण गर्नुभएको थियो। यसैगरी विशेष अतिथी – प्रमुख प्रशिक्षक एव संघका केन्द्रिय अध्यक्ष -हरिशरण के.सिले आसन ग्रहण गर्नुभएको थियो। कार्यक्रमको अतिथीको रुपमा प्रशिक्षक सुर्य राईले आसन ग्रहण गर्नुभएको थियो।

अतिथी संघका केन्द्रिय सदस्य – रत्न महर्जनले आसन ग्रहण गरी कार्यक्रमको शोभा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। -नेपाल वादोरीयो कराते डो संघको दोश्रो अधिबेशन समारोहमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी – गणेश लाल कक्षपति ज्युले खेलमा हुँदै आईरहेको राजनीति र बिकृतीका विरुद्ध हामी सबै मिलेर निर्मुल पार्नुपर्छ भन्ने भनाईका साथ नयाँ निर्वाचित कमिटी लाई हर किसिमले मेरो पनि सहयोग रहने धारणा व्यक्त गर्नुभयो। नयाँ कमिटीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कक्षपतिले प्रमुख अतिथिको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

खुला सत्रको कार्यक्रम सम्पन्न भएलगत्तै नेपाल वादोरियो कराते डो संघको द्रोसो अधिबेशनबाट सर्बसम्मत रुपमा जगदिश भेट्वाल एवं सचिवमा नवनिर्वाचित हुनुभएको छ। यसैगरी नेपाल वादोरीयो कराते डो संघको प्रतिनिधिको रूपमा पुरुषोत्तम पोखरेल सहितको काठमाडौँको टिम निर्वाचित भएको छ|
Visited 23 times, 1 visit(s) today
