Fast Nepal News

मुख्य सहरमा शुक्रबारदेखि मेलम्चीको पानी वितरण गरिने

banner single news
२२ मंसिर, काठमाडौँ -काठमाडौँ, भक्तपुर,कितिपुर लगायतका मुख्य सहरमा अर्को हप्ताको शुक्रबारदेखि मेलम्चीको पानी वितरण गर्ने भएको छ। जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको छ । सुरुङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो। अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउने वितरण हुने भएको छ।

i
Inside Article Ads
Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.