Fast Nepal News

महानगरले मेयरकै घरमा चलायो डोजर

banner single news

विराटनगर । जथाभावी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाकै घरमा डोजर चलेको छ।मेयर कोइरालाले विराटनगर–९ जलजला रोडस्थित भाडामा लगाएका घरमा सञ्चालन गरिएका पसलबाट डोजर चलाउन थालिएको हो।

पसल सञ्चालकले सटरअगाडि आफूखुसी निर्माण गरेका अवैध संरचना बुधबार हटाइएको छ। साथै महानगर कार्यालयअगाडि रहेका पसलका अवैध संरचना पनि डोजर लगाइएको छ।महानगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले पसलअगाडि निर्माण गरिएका ‘सेटब्याक’लगायतका अवैध संरचना हटाएको हो।

Inside Article Ads
Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.