Fast Nepal News

सासबाटै कोरोना संक्रमण छ/छैन पत्ता लगाउन सकीने

banner single news

काठमाडौं, १७ कार्तिक । वेल्समा विकास गरिएको स्वास्थ्य परीक्षण प्रविधिले मानिसको सासबाटै उसमा कोरोना भाइरस छ÷छैन पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।

यो नयाँ उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो।सुरुमा उसले फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको थियो।

तर यहीबीच कोरोना महामारी सुरु भएपछि प्रविधिलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ। उक्त उपकरणमार्फत स्कटल्यान्ड र जर्मनीमा मानिसको सास परीक्षण गर्दा तुरुन्त नतिजा आएको ‘लान्सिट’ जर्नलमा प्रकाशित लेखमा उल्लेख छ।

Inside Article Ads

प्रविधि विकासकर्ता कम्पनी इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा ६ महिनाभित्र आम प्रयोगका लागि उपकरण तयार हुन सक्ने जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद छ देखिएको बताएका छन्।

यो प्रविधिबाट कोरोना परीक्षण गर्न तत्काल नमुना ९सास० लिन सकिने, कुनै जनशक्ति नचाहिने र केही मिनेटभित्रै नतिजा थाहा पाउन सकिने उनको भनाइ छ। खासगरी यो हवाई तथा स्थल यातायात क्षेत्रमा बढी उपयोग हुने उनले बताए। बिबिसीबाट

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.