
२१ मंसिर, काठमाडौँ काठमाडौँ-काठमाडौँ क्षेत्र नंम्बर १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको स्थल निरीक्षण गरी मेलम्चीको पानी काठमाडौँ जिल्लामा ल्याउने वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। प्रतिबद्धता व्यक्त गर्नुभएका सिंहले हिजो बालुवाटारमा मेलम्ची खानेपानी आयोजनाको बारेमा डेलिगेसन भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मेलम्चीको पानी ल्याउने तयारी गर्ने बताउनुभएको थियो। यसैगरी सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले जानकारी दिनुभयो। मंसिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको छ । सुरुङ सफा गरिसकेर जम्मा भएको पानी अर्को हप्ता भने राजधानीका ग्राहकलाई वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो। अर्को हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउने वितरण हुने भएको छ।
Visited 23 times, 1 visit(s) today
