Fast Nepal News

जमाचो बचत तथा ऋण सहकारीको १३औ बार्षिक साधारण सभा सम्पन्न

banner single news

काठमाडाैं । २०६६ साल बाट संचालमा रएको जामाचो बचत तथा ऋण सहकारी संस्थाले यहि मंसिर १७ गते भक्तपुर जिल्लाको निलबाराही मन्दीर परिसरमा आफनो सेयर सदस्यहरु माझ रहि आफनो बार्षिक साधरण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व यसै संस्थाका अध्यक्ष बिकास श्रेष्ठ हुनुहुन्थो भने क्रमस उपाध्यक्ष, बिकास रञ्जीत सचिब, धन बहादुर बलामी, कोषाध्यक्ष, जग्दीश श्रेष्ठ बलामी, सदस्यहरुमा बलराम बलामी नरेश प्रधान, रमा श्रेष्ठ र लेखा समितिका संयोजक, सुमीत्रा श्रेष्ठ, सरोज बलामी, राजेन्द्र भण्डारी लगाएत बाक्लो सेयर सदस्य माझ उक्त कार्यक्रम सम्पन्न भएको थियो । यस सहकारीको १३औ बार्षिक उत्सब कार्यक्रममा स्वागत मनत्व्य यसै संस्थाका कोषाध्यक्ष, जग्दीश श्रेष्ठ बलामी र उपाध्यक्ष्ँ, बिकास रञ्जीतले दिनुभयो भने आर्थिक प्रतिबेदन यसै संस्थाका अध्यक्ष बिकास श्रेष्ठले दिनुभएको थियो ।

Inside Article Ads

१५ प्रतिसत सेयर लाभांंस बितरण गरेको यस संस्थाले आगामी दिनमा सेयर सदस्यहरु बाट यस्तै माया मम्ता पाएमा १८ प्रतिसत लाभंंस दिन तयार रहेको कुरा अध्यक्ष बिकास श्रेष्ठले आफनो मन्तब्यका क्रममा जानकारी गराउनु भयो भने काठमाडौ क्षेत्र नं. ६ र ७ रहेका नागरिकहरुलाई सेवा सुबिधा प्रधान गर्दै आएको जामाचो बचत तथा ऋण सहकारीले यसै कार्यक्रम बिच जेष्ठ नागरीक रुकमणी श्रेष्ठ सम्मान र बिभिन्न बिधामा सेयर सदस्य हरुलाई समेत सम्मान गरेको थियो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.