
१९ मंसिर, काठमाडौँ -विगतका वर्षहरूमा जसरी यस वर्षपनि डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
स्वस्थ माटोको महत्वबारे समुदायमा जनचेतना वृद्धि गर्न र माटोको उर्वरा शक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ तारिख अर्थात् आजका दिन विश्व माटो दिवस मनाइने गरिन्छ।
माटोको महत्व र विशेषता र वर्तमान समयमा भएको भू-पदूषणले माटोको उर्वराशक्तिमा ल्याएको ह्रास, भौतिक संरचना निर्माण हुँदा यसले जमिनमा रहेको माटोको पर्ने प्रभाव, माटोको उर्वराशक्तिमा ल्याएको ह्रासले कृषिक्षेत्रमा पारेको असर आदिका विषयमा छलफल गरी आउने दिनहरुमा माटोको संरक्षण कसरी गर्ने भन्ने महत्वपूर्ण विषयमा बहस र माटोको संरक्षणका एजेण्डा कार्यान्वयन गर्ने विषयमा विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय माटो दिवस मनाउँदैछ।
विगतको वर्षहरूमा विभिन्न नारा दिएर मनाउदै आएको थियो अन्तर्राष्ट्रिय माटो दिवस मनाईदै आएको थियो। तर यस वर्ष भने स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुआत’ नाराको साथ’भन्ने नाराका दिएको छ।
