
१८ मंसिर, काठमाडौँ -आजभन्दा केही दिन अघि काठमाडौँ महानगरपालिकाले थापाथली सुकुम्बासी बस्तीमा डोजर लिएर बस्ती भत्काउन आएसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको तीब्र आलोचना भएको छ। थापाथली सुकुम्बासी बस्तीका केही व्यक्तिहरूले मेयर बालेन शाहलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेपछि मधेसी आयोगले ध्यानाकर्षण गर्दै यस्ता शव्दहरु प्रयोग नगर्न सम्बन्धित पक्षलाई पत्र जारी गर्दै कारबाही गर्नेसमेत जनाएको छ।

धोती शव्दको प्रयोग गरि काठमाडौँका मेयरलाई गालीगलौज पूर्ण शव्द प्रयोग गरेपछि यसले जातीय द्वन्द्व निम्त्याउने भन्दै मेयरलाई प्रयोग गरेको धोती शब्दले मेयरलाई मात्र नभई मधेशी जनतामा नकारात्मक असर पर्ने भएकाले धोती शव्द प्रयोग गर्ने व्यक्तिलाई कारबाही गर्न मधेशी युवाले विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
Visited 21 times, 1 visit(s) today
