
१६ मंसिर, काठमाडौँ -मंसिर ४ गते सम्पन्न भएको निर्वाचनले उच्च राजनीतिक संस्कारको विकास गर्न मद्दत पुर्याएको राष्ट्रिय निर्वाचन आयोगको भनाई छ। विगतको दिनहरूको तुलनामा अहिलेको निर्वाचनमा निष्ठा र आदर्शको राजनीति गर्नुपर्छ भन्ने भावनाको विकास भएको पनि निर्वाचन आयोगले जनाएको छ। विगतको समयहरुमा भन्दा यस पटकको निर्वाचन स्वच्छ, भयरहित र पारदर्शी रहेको समेत राष्ट्रिय निर्वाचन आयोगको प्रमुख दिनेश थपलियाले बताउनुभएको छ।
Visited 15 times, 1 visit(s) today
