
१६ मंसिर, काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेको नागरिकता बारे पश्न उठेको छ। चितवन क्षेत्र नंम्बर २ बाट नवनिर्वाचित सांसद रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्राचार गरेको छ। प्रशासनले प्रहरी परिसर काठमाडौँलाई अनुसन्धान गर्न पत्राचार गरेको छ।
लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । निर्वाचनको केही अघि नै सभापति लामिछानेको नागरिकताको विषयलाई लिएर सर्वोच्च अदालतमा उजुरी परेको थियो।
Visited 23 times, 1 visit(s) today
