
१६ मंसिर, काठमाडौँ-काठमाडौँ थापाथली क्षेत्रमा रहेको सुकुम्बासी क्षेत्रमा हटाउने विषयमा विवाद भएपछि राष्ट्रिय भूमि आयोगको यस विषयमा ध्यानाकर्षण भएको छ। थापाथली क्षेत्रको मात्र नभई देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ ।
प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा रहेको राष्ट्रिय भूमि आयोगको भनाई छ। लालपुर्जा वितरणसम्बन्धी काम सम्पन्न नभएसम्मका लागि काठमाडौँ महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानबाट सुकुम्बासी हटाउने र उनीहरुलाई असुरक्षित हुने गरी कुनै कार्य नगर्न नगराउन आयोगले काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ ।
Visited 12 times, 1 visit(s) today
